मूलपृष्ठ » Story » नातिनी तिमी अधेरीको जुन बन्नु

नातिनी तिमी अधेरीको जुन बन्नु

2011-10-23 अन्जली स्याङतान / डाँडीगुराँस,सिन्धुली / सिन्धुली

                       जङगलको छेउमा कटेरो थियो । हेर्दा डाँडामा भएपनि फाँटको बारीबाट कटेर त्यहाँ पुग्नु पथ्र्यो । त्यो घरमा शिव थापा एकजना बुढो मानिस बस्थ्यो । घरको छेउछाउमा बढेमानको राते, कलुवा, माले अनि दुइचार ओटा दुधालु गाइ सधैं बाधेकै हुन्थ्यो । म लगायत मेरा साथीहरु कहिलेकाहि खेल्न बाहनामा त्यहाँनिर पुग्थ्यो । हामी सबै उसलाई मेमे भनेर बोलाउथ्यो । तामाङ्गको घनाबस्ती माझ बास रहेकाले हामीले बोलेको सजिलै सुन्थ्यो अनि हामीलाई हाम्रै भाषामा उत्तर फर्काउथ्यो ।

 

                       म अनि बिस्तारै हुकिदै गएँ । मेरो पनि घाँस दाउरा गर्ने बाटो त्यतै बनाइदिनु भयो । मेरो बाबाले ठयाक्कै त्यही मेमेको घर भएर मेरो माथिल्लो बारी पुग्नुपथ्र्यो मैले । जब म २ कक्षामा पढ्ने भएँ म उहाँलाई शिव सट्टामा शिवे मेमे भन्न थालँे । मेमेले पनि मलाई धेरै माया गर्नुहुन्थ्यो । म सानै भएकोले मेमेले दिनु भएको दुध दहिमा नै मेरो सन्तुष्टी भरिन्थ्यो । अनि त्यो भन्दा माथि म बाबा ममीसँगै खुसीसाथ रहन्थे । मङसिर पूर्णिमाको खीर र कुखुराको मासुले मेरो भाग सजिलै पाउथ्यो । म पनि घरकी जेठी छोरी दाजुभाइ मेरो नभएकाले मलाई बाबा ममीले पनि धेरै माया गनुहुन्थ्यो । मेमेको  माया अनि बाबा आमाको न्यानो मायाले मलाई राम्रो पढ्न र काम गर्न प्रेरणा दिन्थ्यो ।

 

                      त्यही वर्ष म २ कक्षाबाट ३ मा पुगँे । म ३ कक्षामा प्रथम भएँ । घरमा बाबा आमा त्यो खबरले धेरै खुसी हुनु भयो । म पनि खुसी हुँदै बाबा आमाको पछाडी त्यही उकालो हुँदै माथिल्लो खर्कजाँदै थिएँ मेमेमाथि पाखाबाट नै खुसीले चिच्याउनु भयो । जब म मेमेको नजिक जाँदै थिएँ मेमे झन खुसी भएको मलाई महसुस भयो । म लाजले भुतुकै भएँ । मैले सुनाउनु पर्ने खबर मेमेले अगाडि नै थाहा पाउनु भएछ । ‘मेरी नातिनी तिमी ठूली होइन ज्ञानी मान्छे हुनुपर्छ मेमेले भन्नुभयो ।’ मेमे रामायण पढ्नुहुन्थ्यो । त्यसैले आशिर्वादमा एकदुई वटा मैले नबुझ्ने सस्कृतका एक दुई वटा श्लोक भन्नुभयो । अनि आमा बाबा तिर फर्कदै भन्नु भयो, ‘नातिनीलाई राम्ररी पढाऊ ।’ केहीबेरको गफगाफ पछाडि बाबा आमा उकालो लाग्नु भयो म पनि पछिपछि लागेँ । यसरी नै दिनचार्य बित्यो तलमाथि गरेर । बाजेको घरमा रोकिएर गफगाफ गर्नु र खर्कमा चढेर गाई बाख्रा चराएर बाबा ममीलाई सहयोग गर्नु त मेरो कर्तव्य नै थियो । म पनि ठूली हुँदै गएँ । बाजे भने त्यही घरको आगनमा निधाएर मुजाहरु थप्दै आफ्नै गाईगोरुको स्याहारमा दिनहरु काटदै थिए । बासका ढुग्रामा भरीभरी दुध दुहुनो अनि ढुग्रामा नै दही जमाएर मन्दनीले ठेकीमा मदेर घिउ निकालेर बेच्नुहुन्थ्यो । घिउले बजारमा राम्रो स्थान र चर्चा पाएको थियो । बजारमा मात्र होइन गाउँघरतिर पनि शिवे बाजेको घरको जस्तो मिठो गाइको घिउ त कही पाइदैन भनेर गफचल्थ्यो । ठूला मान्छेले कुरा गर्दा म छेउमा बसेर सुन्थँे ।
                         

 

                         म ५ कक्षा पनि पास भएँ । कक्षा ५ मा पनि प्रथम भएँछु । परीक्षाको नतिजा एककान दुईकान गरी मैदान भरियो । बाबाआमा सबैजना खुसी हुनु भयो । म पनि धेरै खुसी भएँ । त्यही बेला मलाई एकासी शिवे बाजेको यादा आयो मास्तिर खर्क जाने निहुँमा म बाजेलाई भेटन गएँ । म बाजेको छेउमा पुग्दा बाजे ख्वाक्क ख्वाक्क खोक्दै हुनुहुथ्यो । मैले बाजेलाई विस्तारै नमस्कार गरें । बाजे खुसी हुँदै मलाई पुलुक्क हेर्नु भयो । मैले सबै खबर सुनाएँ । बाजे झनै खुसी भएर भन्नु भयो, ‘नातिनी तिमी अधेरीको जुन बन ।’
  

                      मलाई त्यो दिन धेरै कुरा बाजेलाई सोध्नु थियो । बाजेले पनि मलाई खुसी साथ सोधन भन्नु भयो । सबै भन्दा पहिले मैले हजुर आमाबाट प्रश्न शुरु गर्दा उहाँले बीचमै कुरा काटेर भन्नु थाल्नु भयो म राजग्रहको मान्छे  मैले आइमाईको हातबाट दिएको खानेकुरा खायो भने मृत्यु हुन्छु । बाजेले त्यसो भन्दा, ‘म छक्क परेँ ।’ बाजेले फेरी कुरा जोडनु भयो, ‘नातिनी मैले आइमाईले दिएको हातबाट खाना खानु हुँदैन, अनि धुरी छाएको घरमा बस्नु हुँदैन बुझयौं ।’ झन म झसङ्ग भएँ अनि म धुरीतिर फर्के । घरको साच्चिकै धुरी थिएन । धुरीको नाममा त्यहाँ दुईचार वटा खावा अनि आफू सुत्ने माथि एकदुई वटा प्लाष्टिक राखेका थिए । यो भन्दा अगाडि मैले बाजेको अनुहार र बाजेले दिनु भएको दहि दुधको ख्याल गर्थे । अरु कुरामा वास्ता केही थिएन । बाजेलाई मेरो बाल मन विचारले जति सके सम्झाए तर बाजे सम्झिनु चाहानु भएन ।
                     

                      मैले पनि नजिकैकये प्रावि विद्यालय छोडनु पर्ने भयो । मन त गहुगो नै थियो तर त्यहाँ कक्षा ५ सम्म मात्र थियो । म नजिकैको माविमा भर्ना हुन गएँ । घरबाट करिब १ घण्टाको लामो बाटो पार गरेर तल झरेपछि बाजेसँग मेरो भेटघाट पातलीदै गयो । बेलुका विद्यालयबाट आउँदा ढिला हुने भएपछि मेरो माथिल्लो खर्क जाने क्रम र बाजेसँगको भेटघाट हुन छाड्यो । बेलाबेलामा एक्लैहुँदा म बाजेको घरको धुरी सम्झिन्थेँ कसरी असार साउनको झरी कटछ बाजेको ? बाजेलाई के पानीले भिज्दैन, चिसो लाग्दैन ? यी सबकुरा मनमा खेलीरहँदा मेरो दिमागमा नजिकको तस्बिर छलङ्ग आउथ्यो । यति ठूला हृदय भएका मानिसका पनि किन यति साधुरा दिमाग । म कहिलेकाही मनमनै गाली गर्थे बाजेलाई ।

 

                      वार्षिक समारोहको दिन म विद्यालयमा धेरै व्यस्त थिएँ । सबैजना पुरस्कार पाएर खुसि देखिन्थ्यो । झन म धेरै खुसी थिएँ । हातभरी पुरस्कार कहिले घर पुग्नु र बाजेलाई भेटौं भइरहेको थियो । अविर र टिकाले अनुहार भरी रातै भएको थियो । म लगायत अरु साथीहरुलाई अभिभावकहरुले पनि धन्यवाद दिँदै थिए । म विद्यालयबाट हतार–हतार घर आइपुगेर बाजेको घरतिर हेरँे त्यही बेला माथि घुम्तीबाट एक ठूला मान्छे हतारीदै अगाडि बढेको देखेँ । एकछिन पछि अरु मानिस पनि भेला भएको देखेँ । मैले मनमनै सोचे काही बिरामी भएको होकी भनेर म पनि उत्तै ध्यान दिएँ । त्यो मानिसको हुल नजिक नजिक हुँदै हाम्रै छेउ आइपुग्यो । नजिकैको ठूलाबालाई सोधे, के भयो ? को हो ? भनेर उत्तर आयो, ‘शिवे गएछ ।’ मेरो हातमा भएको पुरस्कार भुइमा खसेको थाहै भएन । अनि खुसीसीमा हराएछ, म त बेहोस नै भएछु । म एक्कासी छागाबाट झरे झैं भएछु । मेरो आँखाबाट आँसु सँगै म स्वर निकालेर रुन थालँे । म सबैलाई बिन्ती गर्दै मेरो बाजेलाई बचाउ भनेर चिच्याउनु पुगेछु । पछि होसमा आएँपछि थाहा पाएँ । आँसुका थोपामा उही शिवे बाजेको तस्बिर देखिन थाल्यो । त्यही आँसुका थोपामा तस्बिर बोल्न थाल्यो, ‘नातिनी तिमी अधेरीको जुन बन्नु ।’

                                                                                            समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा