मूलपृष्ठ » Story » कुनै रात (स्मृतिका पलहरु)

कुनै रात (स्मृतिका पलहरु)

2011-10-23 पवन घिमिरे / नारायणी उमावि, चितवन / चितवन

                         विस्तार विस्तार कलियुग छिपिदै गइरहेको थियो । समृद्ध समाजको निर्माण भइरहेको थियो तर त्यहाँ शोषक र समान्तिबाट अन्याय र अत्याचारको वर्षा भईरहेको थियो । मानिस धनी झन धनी र गरिब झन गरिब भएका थिए भने धर्मको कुनै बिउ रोपिएको थिएन रोक्नु भन्दा अगाडि नै उर्खल्न खोजिदै थियो । त्यसै प्रसङ्गमा थियो २०६८ जेष्ठ ३ गते जुन म अध्ययनरत विद्यालयको वार्षिककोत्सव आउनुभन्दा ३ दिन अघिको कुरा हो । दिउसो थकानबाट छुटकरा पाउन दिन छिपिदै गइरहेको थियो भने रातको जवानी चढदै गइरहेको थियो । त्यो दिन थियो भगवान गौतम बुद्धको २५५५ बुद्धजयन्ती तथा एमाले नेता मदन भण्डारी र जीवराज आश्रित बितेकये १८ औं वसन्तले खुडकिलो टेक्दै थियो । आजको दिन पूर्णीमा भएता पनि आकाशको जुनलाई बादलले छेकिदिएको थियो । पृथ्वीमा या आकाशमा कुनै पनि चमक थिएन । गर्मी बढेको थियो । परजीविहरुको मानव प्रतिको आकर्षण बढि थियो भने मानिसकये त्यसप्रतिको झन निकर्षण थियो । घर वरपरकय सबै टोल प्रायः चकमन्न देखिन्थ्यो । कुनै कुनै घरमा केही उज्याला किरण देखिन्थ्यो त्यो पनि लौकिक थिए । रात अझ झन छिप्पदै गइरहेको थियो । बस्तीमा बिजुलीको लाइन बन्द गरिएको थियो । सबैजना प्रायः बाहिर वा छतमा देखिन्थे । त्यस्तैमा निन्द्राले छोप्दै लागेको मलाई विस्ताराको बाटोतर्फ डोरायो र म आफ्नो विस्तारतर्फ लागेँ । लाइन थिएन, लाइन आउने आशामा गर्मीबाट मुक्ति पाउँला भन्ने सोची पंखाको स्विच थिचेँ । खाट नजिकै टेबुलमा टेलिफोन थियो र त्यो टेलिफोनमा जोडने एउटा बत्ति थियो । धन्न त्यो छ र ! नत्र हाम्रो कोठा पनि चकमन्न हुने थियो । अब सुत्ने बेला भइसकेको थियो तर मपनि म सुत्नै सकेको थिएन कारण थियो गर्मी तर पनि हम्कने पंखा थियो । एकछिन हम्कदा हात फल्याफुलुत्त हुन्थ्यो । म एफएम सुन्दै थिएँ र हम्कदै पनि तर पनि पसिनाले त मेरो विस्तार नै भिजीसकेको थियो । अरु दिन चाड नै निन्द्रा लाग्ने तर त्यो रात म सुत्न किन हो किन सकिरहेको थिइन । त्यस्तैमा कलियुगको प्रभाव प¥यो । चट्याङको आवाज यति ठूलो थियो कि त्यस्तो चर्को आवाजमा कहिल्यै पनि चटयाङ्ग परेको थिएन । म झसङ्ग भएँ । कि त्यो चटयाङ्ग मैमाथि नै बर्सन्छ होला तर त्यसो भएन । मलाई भगवानले लामो आयु दिए होलान भन्ने सोचेको थिएँ । फेरी पनि यसरी पटकपटक चटयाङका वर्षा हुँदै गए । मेरो मुटुले ठाउँ छोडदै गयो । ममा त्यो विषयले मुटुमा डेरा जमाइ सकेको थियो । मन झसङ्ग झसङ्ग भएर आउथ्यो । अघि ती चटयाङ मै माथि उडिरहेकय छन् जस्तो लाग्दथ्यो तर घरी मेरै विस्तारा मुनीबाट मलाई नै उछिटयाएर बाहिर निस्किएको भान हुन्थ्यो । म सुत्ने कोठामा हजुरबुवा पनि सुत्ने गर्नु हुन्थ्यो । उहाँ आज नै हो यो सांसारिक मोहबाट छुटेर जाने झैं गरी भगवान सम्झन पो थालेँ । म सोच्दै थिएँ कि म त अहिले युवा अवस्थामा उक्लिदै गइरहेको छु । ती मैले बुनेको सपना अब यी चटयाङका तरङ्ग सहित चुडेर जाला भन्ने डर लाग्न थाल्यो । मलाई भगवानमा विश्वास नहुने मान्छे त्यो दिन भगवानको नामले चिचिने महान आत्मा रहेछ भन्ने थाहा भयो । आज म अल्लाहलाई पुकारी रहेको थिएँ । मुसलमानले पुकार्ने भगवानलाई आज म विसुद्ध बाहुनको छोरोले पुकारिरहेको थिएँ । एवम् रीतले कस्तो जुराईदिने रहेछ । जब म दुइहात जोडेर अल्लाहको नाम लिइरहेको हुन्थेँ । तब बज्न लागेका ति चटयाङका ध्वनी पनि बन्द हुन्थे र फेरी केहीक्षण पश्चात उर्लिएर आउँथे । मलाई डर लागिरहेको थियो कि कतै अन्तिम पटक म कसैसँग नबालि यो संसारिक मोहबाट पो टाढिने हो कि । मैले सोचे घरपरिवार र ती विगतका स्मृतिका पलह म भित्रका अङ्गहरुले डरले आफ्नो ठाउँ छोडिरहेका थिए । मुटु नै तातेर आयो, रगत भुक्लभुक्लु उम्लन लाग्यो, मन त्यस्तै डरायो । पृथ्वी डगमगाईरहेको थियो । आकाश रोइ नै रहृयो भने धर्ती फाटेर आयो । म त्यस्तै सपना सम्झदै थिएँ फेरी ति चटयाङका आवाजले मन झसङ्ग पारीदियो । कतै म आजै त माथि उचालिन्न भन्ने लाग्यो । म सम्झिरहेको थिएँ कतै हावहुरीले धुरीको छानो नै उडाइ लगेर मलाई चटयाङले हानेर विकलाङ्ग पो पारिदिने हो कि म मेरो सपनामा तल्लिन हुन्थे भने ती चटयाङको वर्षाले मनलाई नै थर्काइरहेका थिए । मलाई घर नै हल्लिएर आएको जस्तो भान हुनथाल्यो । साच्चै न पानी न हावाहुरी न त झल्याकझुलुक एकैचोती गडयाङगुडुङ चटयाङ पर्दा साच्चै कलियुगले छोपेछ क्या हो भन्ने लाग्यो । पापहरु बढदै गइरहेको थियो । मैले सुनेको थिएँ वैज्ञानिक अनुसन्धान र अन्वेषणले सन् २०१२ मा यो सारा पृथ्वी ध्वस्त पाछै भन्ने कुरा तर सन २०११ म नै यसरी महाप्रलय आउलाजस्तो भयो । बाटामा भुसिया कुकुरहरुको चिच्याहवट सुनिरहेको थिएँ कि कुकुरहरु यसरी कराए कि भुकम्प आउनु अघि कुकुर तथा चराहरु कराएर संकेत गर्छन् हो त्यस्तै होला जस्तो लाग्यो । कुकु भुकि नै रहृयो । भुकि नै रहृयो भुकि नै रहृयो ।

 

                        अर्को दिन सोच्न पुगेँ भने यो शान्तिका देश मेरो कतै अशान्ति छाएर बुद्ध त रुन पुगेकय छैनन् भन्ने लाग्यो नत्र किन पो यसरी बिना हावाहुरी एकोहोरो बिजुली चम्कीरहेको चटयाङका आवाज सुनिन पुग्थे र म फेरी ति चटयाङका आजाजसँगै झस्कन पुग्थेँ । मनमा डर बढदै गयो कि मेरो परिवार र सपनालाई चटक्कै बिर्सेर मलाई कालले डो¥याउँदै पो लाने हो कि तर भाग्य बलियो रहेछ क्यारे म कालको फन्दामा परिन । अझ त्यो दिन त स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितलाई सम्झन पुगेँ । किनकी त्यो दिन तिनीहरुलाई षड्यन्त्रपूर्वक हत्या गरिएको १८ औं वसन्त पार गरीरहेको थियो र उनको समयमा भएका राजनीतिक परिवर्तनहरु अहिले भएका थिएनन् कतै मदन भण्डारी माथि बसेर गर्जिरहेका छैनन् । मनै त हो डराएर पनि के के सोच्न पुगिदो रहेछ । एकै छिनपछि असिनानका ढिका बर्सेसरी पानीका थोपाहरु बर्सन पुगे र ती चुडाल्ने गरी धर्किरहेकय ती चटयाङ्गका आवाजहरु घरको छानोमा परेकय पानीका थोपासँगै सुनिन छाडँे ।

                                                                                     समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा