मूलपृष्ठ » Story » आत्महत्या

आत्महत्या

2011-10-23 प्रदिपकुमार पाख्र / शिखर मावि, सिन्धुली / सिन्धुली

                    भनिन्छ ‘हुने हार दैव नटार’ यो कुराले ज्यादै मेल खाएको छ । छिमेकी दाई बमबहादुरको जीवनमा । हाम्रो घर भन्दा केहीपर एउटा दमाईको घर थियो । उसको परिवार सानो र सुखी थियो । उसले जेनतेन दुःख गरेर लुगा सिलाएर आफ्नो परिवार पालेको थियो । ऊसँग पैसा खर्च नभएको बेला ऋण लिएर भएपनि आफ्ना छोराछोरीलाई पढाएकै थियो । ऊ आफै लुगा सिलाउने भएकोले आफ्नो परिवारलाई लुगाको अभाव थिएन र उसको पारिवारिक स्थिति राम्रो थियो ।

 

                   एक दिन दिउसो ४ बजे विद्यालयको छुट्टी भएपछि घरतिर फर्कदै गर्दा नजिकै पसलमा सबैजना हास्दै क्यारम बोडै खेलिरहेका थिए । प्रायः त्यहाँ क्यारम बोर्ड खेल्नको लागि मानिसको भिड हुन्थ्यो ।  म पनि घरमा पुगेर लुगा फेरी खाना खाने तरखर गर्दै थिएँ । अचनाक गाउँभरी खैलाबैला मच्चियो । म हतारीदै दगुरेर पसलमा पुगी के को हल्ला भनि सोध्दा कसैको मुखबाट आवाज निस्केन । मजाले हासेर क्यारम खेलिरहेको बमबहादुर अनुहार भरी कालो दाग छाएको थियो । उसले आफ्नो मन थाप्न नसकी दुई थोपा आँसु तुरुक्क खसायो । तर उसको लागि त्यो आँसु मूल्यवान थियो ।
                   हामी सबैजना धटनास्थलमा पुग्यौं । त्यहाँ पुग्दा उसको छोराछोरी सबैजना  आमा–आमा भनि रोइरहेको थियो । बमबहादुर (मृतकको लोग्ने) हामीलाई हेरेर आफ्नो मनथाम्ने प्रयत्न गरिरहेको थियो  । तर उसले  आफ्ना मन थाम्न सकेन । ऊ पनि आँखाबाट बलिद्र आँसुको धारा बगाई लासलाई अंगालो हाल्दा पृगेको थियो ।  त्यो घटना देख्दा आङ नै सिरीङ्ग भएर आउँछ । बिहान साथीसंगी सँग हास्दैखेल्दै रमाउदै घाँस काटेर आएको पत्नि दिउसो आफ्नो भर्खरै बजारबाट किनेर ल्याएको नयाँ सलमा पासो थापी आफ्नै घरको धुरीमा झुण्डीए आत्माहत्या गरिछे । बमबहादुरकी पत्नी पढेलेखेको नमभए पनि यिनको स्वभाव आनीबानी र शैली भने सिष्टचार नम्र थियो । आफ्नो पति (बमबहादुर)सँग कुनै कुराको चित्त नबुझी बिरोध गर्दा पति पत्निबीच झगडा भइ यस्तो परिणाम आएको हो । सम्झिदा उनले यस संसारलाई छोडेको छैन । घरमै छिन जस्तो लाग्छ । उनि बोल्दा प्रायः मुसुक्क हाँसेर बोल्ने गथ्र्यो ।
                       उनको मृत्युभएपछि उनका पति पागल झै भौतारिन थालेका थिए । अब उनले लुगा पनि प्रायः कम सिलाउथे । उनको गाँस, बास र कपासको कुनै ठेगाना थिएन । उनि प्रयाः चिन्तित मुद्रामा देख्नुका साथै कम बोल्ने गर्थे । उनी प्रायः रक्सी खाएर मातेर हिन्थे । तर ५ महिनापछि ... ) उनको जीवनमा पुनः दोस्रो अमुल्य चिजको आगमन भयो । उनले फेरी अर्को श्रीमती ल्याएछ । उसको आँखा अगाडिको कालो दाग बिस्तारै हटदै गयो । अब उसले  सारा दुःख बिर्सन थाल्यो । अब ऊ प्रायः बाहिर हिडदैन्थ्यो । बरु घरमै बसेर लुगाहरु सिलाउथ्यो । ऊ पहिले जस्तो चिन्तित मुद्रामा देख्दैनथ्यो । बोल्दा पनि हाँसेर बोल्थ्यो । दोस्रो पत्निको आगनमले उनको लागि उनको घरमा देवताले बास गरे सरह भयो ।
    यो कस्तो परम्परा यो कस्तो सस्कृति, यो कस्तो चलन, यो कस्तो रितिरिवाज पतिको मृत्यु हुँदा पत्नी चै सधैं सेतो कपडामा गुम्सिर बस्नु पर्ने, सिन्दुर पोते,चुरा जस्ता श्रृङगारिक सामानबाट बञ्चित रहनु पर्ने तर पत्निको मृत्यु हुँदा पतिले अर्को बिहे गरेर पुनः घरजम बनाउने । कतै यस्तो कार्यले समाजमा विकृतिको सुरुवात गर्ने होइन मलाई अचम्म लाग्छ ।

                                                                                              समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा