मूलपृष्ठ » Story » पश्चात

पश्चात

2011-10-23 प्रमिला श्रेष्ठ / आदर्श उमावि, गजुरी, धादिङ / धादिङ

                      एकादेशको कुरा हो । एउटा विकट तथा अशिक्षित र पुरुषकोस्तर माथि भएको एउटा गाउँ थियो । त्यस गाउँमा एक श्रीमान श्रीमती बस्दथ्यो । त्यही गाउँमा एक परिवारको घरमा छोराको विवाहा थियो । छिमेकीको विवाहा भएको घरमा श्रीमती गएछ । उनी विवाहा घरबाट घर फर्कदा ढिलो भइसकेको थियो । श्रीमती ढिलो घर आएको भएर निर्दयी श्रीमानले पिट्नसम्म पिटे । त्यसैले श्रीमती श्रीमानको त्यस्तो अपमान सहन नसकी माइत गएर बसी । श्रीमती माइत गएपछि श्रीमानले घरको कामदेखि लिएर खेतीपाीको काम सबै  गर्नुपथ्यो । एकदिन गोठाला गएछ । गोठाला जाँदा बस्तुहरु एक छिमेकीको बारीमा पसेर बाली सानुसम्म खाएदिएछ । उक्त छिमेकीले पनि उनलाई नराम्रो वचन गरेछ । त्यसपछि श्रीमान भित्रभित्रै पछुताइरहेछ । अब यसरी बसेर भएन आफै श्रीमतीाई लिन ससुराली जानु प¥यो भनेर ऊ घरबाट हिडे । ससुराली पुग्दा त सासु मात्र घरमा रहेछ । श्रीमती चाहिँ रहेनछ । त्यसैले उनले छोरी खोइत आमा भनेर सोधेछ , तर सासुआमा बोल्नु भएनछ । सासुआमा नबोलेपछि उनलाई पिर परेछ । एकछिन पछि उनको श्रीमती जंगलबाट घाँस लिएर आयो । घाँसको भारी बोकेर बिसाउने बितिक्कै आफ्नो श्रीमानलाई देखेर गदगद भई श्रीमानको पाउँमा परिन श्रीमती । श्रीमतीले एक्कासी यस्तो गरेकय देखेर श्रीमानले गहभरी आँसु बनाई श्रीमतीको ढोग स्वीकारे । यस्तो श्रीमानको गहभरी आँसु देखेर श्रीमतीले किन गहभरी आँसु बनाउनु भएको भनेर सोधिन । श्रीमान, ‘तिमी जुनबेला देखि मलाई छोडेर यहाँ आयौं, त्यसदिनदेखि मैले दुःखै दुःख झेलेको छु । मैले तिमीलाई जे जति गरेको थिएँ सबै बिर्सीदेऊ भने । श्रीमतीले हजुरकये यस्तो त सयौं पटक भन्नुभइसक्यो भनेर भनिन् । श्रीमानले बितेकये कुरालाई नखोतल जे भयो त्यो सिध्यो, अब हामी कसरी बस्ने भन्ने कुरा सोच  भनेर भन्यो । श्रीमतीले परेको सुखसँग बस्ने भनिन् । त्यसपछि दुई श्रीमान श्रीमतीले आफूहरु दुई नमिल्दा दुबैलाई परेको दुःख एकले अर्कोलाई पोख्दै घर् पुगेछ । दुबै एक आससमा एकले अर्कोको मायामा अडेर बस्न थाले । यसबाट के शिक्षा पाइन्छ भने पुरुषले महिला माथि थिचोमिचो गरे उनीहरुको अधिकार हनन गरे आफू ठूलो भइने कुरालाई भित्री हृदयदेखि ने हटाईदिनुपर्छ भन्ने हो ।

                                                                                                            समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा