मूलपृष्ठ » Story » बुझौं समयलाई

बुझौं समयलाई

2011-10-23 पूर्णप्रसाद अधिका / इगर ब्रिज उमावि बोडिङ्ग, सुर्खेत / सुर्खेत

                     सिता भर्खर ९ वर्ष पुगेकी छन् । उनीसँगै घरमा आठ बुवा र भाइ पनि छन् । तर सितालाई उनका  बुवाआमाले अझसम्म पनि विद्यालय भर्ना गरिदिएका छैनन् । तर उनिभन्दा २ वर्ष कान्छो भाइलाई ज्यालामजदुरी गरेर भए पनि २ वर्ष अघि नै निजी विद्यालय भर्ना गरिदिएका छन् । आफुसँगैका साथीहरुका साथमा किताब, कपी भाइको हाते खेल्दै, रमाउँदै विद्यालय गएको देखेर सिताले आफ्नो हात हेर्छिन । डोको, नाम्लो, हसिया भरीरेर घाँस, दाउरामा जान्छिन् । सिताले पढछु भनी बुवाआमालाई अनुरोध गर्दा, ‘हामीहरुलाई ज्याला मजदुरी गरी भाइलाई पढाउन ठिक्क छ, तँलाई कसरी पढाउने ।’ सिता बिहान बेलुका खाना पकाउने, भाइलाई विद्यालय पठाउने, आउने समयमा नास्ताको व्यवस्था गर्ने आफूले नखाई भाइलाई खुवाउने कामगर्थी । भाइका कपडा धुने, गाइभैसीलाई हेरविचार गर्ने, भाडाकुडा माझ्ने जस्ता काम गर्नुपथ्र्यो सिताले । त नै पढ्ने गइस भने घरको काम चाहिं कसले गर्ने गर्छ नी ? भोलीपल्ट सितालाई काठमाडौं घुमाउन लैजाने भन्दै दुबै काठमाडौं तिर लागे ।

 

                     तर काठमाडौंमा सबै अर्कै भाषा बोलेको देखेर उनी अचम्म परिन् । गाडीबाट ओर्लेर विमानले अर्कै भाषामा फोनमा कुरा गरीरहेको थियो सिता भने भडिभाडमा विमानसँग हिडीरहेकी थिइन् । त्यसपछि एउटा ठूलो घरभित्र गएपछि सितालाई ‘यही बस, म भित्र गई आउँछु ।’ भनि भित्र गयो । भित्र कोठामा मोतीदेखिने महिलासँग कुरा गरी रुपैयाको बिटो लिई बाहिर आएर ‘भित्र दिदीले डाक्नु भएको छ।’ भन्दै सिता भित्र गएको मौका पारी सुइकुच्चा ठोक्यो । सितालाई मोती आइमाइले के के भन्थी उसले बुझिन र एउटालाई डाकेर कोठामा छोडी दे’ भन्दा थिमान पनि आउनु हुन्छ अनि भनिन् । तब उसले नेपालीमा ‘त यहाँ बेचिइस, उसले बेच्यो । यो त डिल्ली हो बुझिस’ भनि । उनी कराए, चिच्याए तर जति चिच्याए कराए उसको केही सिप चल्दैन थियो । उनलाई एउटा कोठामा थुनि दियो । त्यही कोठामा रुदै दिन बित्यो ।

 

                     उता बुवाले घरमा छोरालाई पाल्ने र सहयोग गर्ने कोही नभएपछि गाउँलेको करमा अर्को बिहे गर्नु भयो तर सौतेनी आमा न हुन् । अर्को छोरो भएपछि त भाइलाई हेला गरी कुटन थालि । बुवा पनि चुप लागेर बस्नुहुन्थ्यो र रक्सी खान सिक्नु भयो । दुःख सहन नसकेपछि भाइ भागेर अरु साथीहरुसँग डिल्ली आयो ।

 

                    उता सितालाई ज्क्ष्ख् ब्क्ष्म्क् लागेपछि त्यहाँबाट निकाली दियो । भौतारिदै सहर डुल्दै गर्दा नेपाली युवाको जमातमा भाइलाई देखेपछि भेटेर अंगालो हालि सबै कुरा बताए । त पनि दुःख पाउन यता आइस । समयलाई बुझन नसक्दा आज दुःख झेल्नु प¥यो । अब आफ्नै देशमा दुःख गर्नुपर्छ । भाइले पनि घरको सबै कुरा बताएपछि अधिकारको लागि लड्ने र त्यो बेच्नेलाई कारबाही गर्ने प्रतिक्षा गरी सबै युवाहरु पनि साथमा आड र आफ्नै देशमा पसिना बगाउन थाले ।

                                                                                समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा