मूलपृष्ठ » Story » पछुतो

पछुतो

2011-10-23 पुष्पा शमा / फलेवास, खानीगाउँ–९, पर्वत / पर्वत

                      नेपालको पहाडी जिल्लाको एउटा गाउँमा बादलको एक परिवार बसोबास गर्दथे । उसको परिवारमा जम्मा तिन सदस्य थियो । बादल, श्रीमती,  वर्षा र आकाश थियो । निम्नवर्गीय बादल आफ्नो दैनिक जीवन बिताउनको लागि नजिकैको स्कूलमा पाले काम गदथ्र्यो । उनले सानो जागिर गरेर पनि आफ्नो परिवारमा कुनै कमी हुन दिएको थिएन । तर, वर्षा भने बडो मिजास भएकी भौतिकतातर्फ ध्यान दिने गदर्थी । उनी आफ्नो पारिवारीक अवस्था भन्दा पनि आफ्नै स्वार्थमा काम गदर्थी । उनले बादललाई भन्थी “बादल तिमी यो पालेको काम गरेर मलाई के दिन सक्छौ र ! अब यो काम छाडीदेउ यसबाट न त नाम कमाउन सकिन्छ नत दाम नै” वर्षाले बादललाई हरेक पटक भन्ने गदर्थी । बदालले वर्षालाई भन्ने गथ्र्यो “इमान्दारले गरेको काम कुनै पनि सानो हुँदैन, हामीलाई के कुराको कमि छ र ? यहीं काम कर्तव्य र इमान्दारका साथ गर्छु” भने यस्तै कुरा गर्दै सम्झाउने गर्दथ्यो तर ऊ आफ्नो कुरा बढाउँदै जान्थी ।

 

                     एक दिनको कुरा हो । असारको महिना पानी परिरहेको थियो । त्यो दिन बादल आफ्नो कार्यव्यस्तताको कारणले घर आउन ढिला भयो । बादल घर आउँदा उसले देख्यो वर्षा आफ्नो झोलामा सामानहरु मिलाउदै थिई । बादल अचम्म मानेर भन्यो वर्षा यस्तो राति पानी परिरहेको छ । तिमी कता जान लागेको ? खाना पनि पाकेको छैन । यतिकैमा उसले झर्केर जबाफ दिई “शहर जान लागेको, अब आफ्नो खाना आफंै पकाऊ म यो घरको नोकर्नी हैन ? तिम्रो यो सानो घरमा मेरो लागि केही पनि होइन ।” तर बादलमा आक्रोसको कुनै भावहरु थिएनन् उसले हाँसेर भन्यो “सहर जाने यती राती ? कोसँग ? किन ?” बादलको बोली भुइमा झर्न नपाउँदै उसले भनि जोसँग गएपनि तिमीलाई के भयो ? वर्षा झोला टिपेर हिडी बादलले वर्षालाई रोक्दै भन्यो ‘सानो जागिर गरेर तिम्रा सबै इच्छा पुरा गरेकै छु के पुगेन तिमीलाई के खोज्न जान्छौं ? यो स्वर्ग जस्तो घर छाडेर तिमी मेरो बारेमा त कुनै विचारै गरेनांै छोराको माया पनि लाग्दैन ? यो कुरा सुनेर वर्षाले आकाशलाई हेरी आकाश पनि रुदै भन्दै थियो “आमा मलाई र बाबालाई छाडेर नजानुस् न । आमा हजुर जानु भयो भने मलाई खाना कसले दिन्छ ?

 

                      बाबा दिनभरी स्कूलमै बस्नुपर्छ ।” यो कुरा सुनेर वर्षाले भनि बाबु अहिले बाबासँग बस “म शहरगई पैसा कमाउँछु र तिमीलाई पनि लगि राम्रो स्कूलमा पढाएर ठूलो मान्छे बनाउछु” यो कुरा सुनेर बादल रिसाएर भन्यो “वर्षा जाउ शहर जाउ तर घर छाडेर गएपनि फेरी फर्केर आउने हैन ।” वर्षा झोला टिपेर हिडी । उसलाई लिनको लागि शहरको एउटा कृष्ण नाम गरेको मान्छे मोटर लिएर आएको रहेछ । वर्षालाई शहर लगि जागिर लगाई दिने प्रलोभन देखाएर लिएर गयो । आधारात भैसकेको थियो बादल खाना पकाएर आकाशलाई खुवायो र सुत्यो । भोलिपल्टबाट बादल बिहानै उठी घरको कामसकि छोरालाई स्कूल लिएर जान थाल्यो । आकाश पटक–पटक आमाको बारेमा सोध्ने गर्दथ्यो । वर्षा शहर गएको केही दिनबसेपछि उसले त्यही कृष्ण नाम गरेको मानिससँग सोधी ‘सर मेरो काम पक्का भयो ?’ उसले भन्यो वर्षा तिमीलाई कुनै यहाँ काम पाइदैन अब म जे भन्छु त्यही जानुपर्छ । यो सुनेर ऊ अचम्म परी । उसले थाहापाई त्यो मान्छे केटी बेच्ने दलाल रहेछ । यो थाहा पाएर वर्षा रातको समयमा त्यो घर छाडेर हिडी । शहरमा उसको कतै जाने ठाउँ थिएन । बर्षा फेरी घरफर्केर आई । घरमा बादलले उसलाई नस्वीकार्ने कुरा ग¥यो । वर्षाले रुदै भनी ‘बादल मलाई माफ गरीदेउ मैले तिमीलाई बुझन सकिन धन÷सम्पतीको लोभमा लागेर मैले सुन्दर घर बिगारे म गलत छैन ।’ यो कुरा सुनेर आकाशले भन्यो बाबा ‘हुन्छ भनिदिनु न आमा भएपछि हजुरलाई खाना पकाउनु पनि पर्दैन लुगा धुनु पनि पर्दैन ।’ आकाशको कुरा सुनेर बादल हाँसेर भन्यो हुन्छ । त्यसपछि वर्षा अब कहिल्यै घर छाडेर नजाने भन्दै बाँचा गरी ।

 

                                                                                       समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा