मूलपृष्ठ » Story » मेरी आमा त बोक्सी

मेरी आमा त बोक्सी

2011-10-23 सरुपुजा श्रेष्ठ / कुन्ताबेसी ,श्री डेडी थुम्का उमावि, म / काभ्रे

                    बुवा आमाले असहमती जनाए पनि आफ्नो प्रेमलाई सफल पार्ने उद्देश्यले बुवाआमाको बिद्रोही बनी उहाँहरुका कुराप्रति अस्विकार जनाउँदै एकप्रेमी जोडीले काठमाडौ जस्तो सुविधायुक्त सहरलाई छाडी आफ्नो चोखो प्रेमीसँगै मर्ने र सँगै बाँच्ने बाचावचन र भविष्यका लागि गरिएका मित्र कल्पनाहरुलाई पूरा गर्नका लागि भागेर एक विकट गाउँमा पुगेका सहरबजारका मान्छेलाई गरिखान गाह्रो नै थियो । लेखपढ मात्र भएर के गर्नु सानोतिनो काम गरेर सहरका सुविधालाई प्रयोग गरी सुखसाथ बसेका उनीहरुले गर्न सक्ने काम गाउँमा केही पनि थिएन । त्यहाँ त मात्र घाँसदाउरा, बस्तुभाउ र खेतीपाती गरेर जिविका चलाउनुपथ्र्यो । तर पनि उनीहरुलाई केही खेद थिएन । दुःख सुख जीवन चलाउन थाले । कहिले पनि केही नगरेका हातहरुले गाउँको धुलो माटोमा परिश्रम गर्न थाले । जति नै दुःख भएपनि उनीहरुले त्यस गाउँमा मायाको संसार भेटेका थिए । गरिमा र गौरव एकअर्कालाई निकै माया गर्थे । दुबैजना मिलेर काम गर्थे । गाउँका ठूलाबडा कहाँ काम गर्नजान्थे र आफ्नो जीविका चलाउथे उनीहरु । गरिमा र गौरवको मायाको संसारमा एउटा सुन्दर फूल जस्तै फुलेको थियो । जुन फूलको सुन्दर मुहार र चञ्चलताले गौरवलाई कामप्रति अझै बढी उत्साह थपिएको थियो । उज्यालो र हसीलो मुहार भएको प्राणप्यारो छोराको मुहारले अझ थप उनीहरुको जीवनमा ठूलै सफलता प्राप्तीको आभाष भएको देखिन्थ्यो । गाउँका कोही मानिसहरु छोराको हात हेर्दै भन्थे ‘हेर गरिमा तिम्रो छोराले चाहि सुख पाउला जस्तो छ, हातको रेखा हेर्न कस्ता राम्रा छन् ।’ गरिमा भित्रभित्र खुसी हुन्थिन् । गरिमा र गौरव एकदमै खुसी थिए । बुवाआमाको असहमती नै भएपनि आफ्नो प्रेम सफल भएका कारण उनीहरुले छोराको नाम नै ‘सफल’ भनेर राखेका थिए । सफलको हँसिलो मुहार हेर्दै रमाउँदै गरिमा र गौरव खुुसीसाथ जीवन बिताईरहेका थिए । तर त्यो खुसी लामो समयसम्म टिक्न सकेन । त्यस्तै छोरा सफल ३÷४  वर्षको थियो । सायद; कामको बोझले गर्दा होला गौरव निकै दिनदेखि ओछयानमा थियो । गरिमा छोरालाई हेर्दै गौरवको हेरचार गरिरहेकी थिइन । गौरव बिरामी परेपछि त आम्दानीको स्रोत नै बन्द भैसकेको थियो । गाउँमा निकै औषधीउपचार गरे । धामीझाक्री लगाए तर गौरवलाई निको हुनसकेन । गरिमा निकै चिन्तामा परेकी थिइन् । तरपनि छोरा सफलको चुलबुले पना अनि गौरवको मायाले गर्दा उसमा जाँगर हटेको थिएन । सारा घरधन्दा सकेर पनि गौरवलाई खाना र औषधि खुवाएर गरिमा अर्काको काम गर्न पनि पुग्थिन् । एकदिन गरिमा घरधन्दा गर्दै चुलबुले अनि चकचके छोरा सफलाई लठ्ठी दिएर त कहिले पुजा गर्ने घण्टी दिएर फकाउथिन । चुलबुले सफल बिगो गर्नमा कृष्ण भन्दा कमको थिएन । कहिले थाल र डाडु लिएर ठोकी ठोकी बजाउथ्यो अनि हास्थ्यो तर भने कहिले भान्छामा काम गरिरहेकी गरिमा भएको ठाउँमा गएर कहिले नुन त कहिले बेसार पोखाएर तताउन राखेको पानीमा राख्न खोज्दै थियो झटपट गरिमाले पिर्कालाई घचेटेर गाडी भन्दै खेल्न सिकाईन् । सफल पिकोलाई गाडी बनाउँदै खेल्दै थियो । छोराको यस्तो चम्चके बानी देखेर आमा अस्पताल कहाँ छ ? एकाएक छोरा सफलको यो प्रश्न सुनेर ऊ झस्किन । अनि सोचिन्  ‘किन’ ? बाबालाई यो गाडीमा हालेर लान ती देख्नुभएन बिरामीमा । उपचार गज्यो भने निको हुन्छ हैन आमा ? सफलको कुरा सुनेर गरिमा छक्क परिन् । अनि भनिन् ‘बाबु सफल अस्पताल धेरै टाढा छ हामीसँग पैसा छैन । ‘मसँग छ नी आमा’ ऊसले तोते बोलीमा भन्यो । अनि माम पकाई खेल्दा बनाएको पातको पैसा उसले भोटोको खल्तीमा राख्यो अनि अब बाबालाई अस्पताल लाने भन्दै पिर्काकालाई धकेल्दै खाट छेउमा गयो । गरिमा एकछिन त टोलाएरै बसीन् । अनि गौरवका लागि तताएको पानी लिएर सुत्ने कोठातर्फ लागिन । सफल आफ्नो बाबालाई हस्पिटल लानका लागि भनेर उठाउने प्रयास गर्दै बोलाउदै थियो । बाबा अब हामी हस्पिटल जाने मैले गाडी अनि पैसा ल्याएसके ल ल बाबा उठनु त ? ऊ तोते बोलीमा गौरवलाई यसै भन्दै घचघच्याई रहेको थियो । गरिमाले तातो पानी हातमा लिएर आइन अनि पानी खान गौरवलाई उठाइन । तर गौरवले यस संसार नै छाडेर गैसकेको रहेछ । गरिमा एक्कासी चिच्याइ चिच्याइ रुन थालिन् । किन आमा हस्पिटल जानुपर्छ भनेर बाबा नउठया हो ? सफलले रुदै सोध्यो । विचरालाई के थाहा थियो । आमा रोएको देखेर ऊ पनि रुन थाल्यो । गरिमा गौरवलाई उ परको जोगी आएर बोरामा हालेर लैजान्छ भनेको कुरा सम्झन्छ । आमा छेउ गई आँसु पुच्दै रुन हुँदैन आमा नरुनु ऊ परको जोगीले बोरामा हालेर लैजान्छ भनेर सफलले तोते बोलीमा बोल्यो । सफललाई अँगालोेमा बेरेर गरिमा रुन थाली । त्यतिन्जेलसम्म त्यहाँ सबै गाउँलेहरु आइसकेका थिए । गाउँका मान्छेहरु मिलेर गौरवको लासलाई घरबाहिर निकालेर राख्छन । गरिमा पुन त्यही लडिबुडी गरेर रुन थाल्छिन् । कुरा बुझेर या नबुझेर सफल पनि बाबा बा भन्दै कहालिदै रुन थाल्छ । गाउँका केटा मान्छेहरुले गौरवको लासलाई घाटतर्फ लाने तयारी गर्नथाले भने महिला दिदीबहिनीहरुले मिलेर गरिमाको रातो सिन्दुरले रङिएको सिउँदो पखाल्न थाले । हातभरीका चुरा फुटाएर गलाको चट्ट सुहाएको तिलहरी अनि निधारको टिका पुछिदिए । गरिमा जिउँदो लास सरह भएकी थिइन् । गौरवको माया पाउन अनि गौरवको साथको लागि गरिमाले जन्मदिने आफ्नो बाबा आमाको अमूल्य मायाममता उहाहरुको इच्छा सपनालाई त्यागेर कुनै मूल्य नराखि बुवाआमादेखि टाढा भएर यस ठाउँसम्म आएकी थिइन् तर आज दैवले उसलाई लात हानेको छ । बुवाआमाले छुटयाउँदा पनि भागेर प्रेम सफल भयो तर आज दैवले उनीहरुको प्रेम मिलन र मायाबाट  बिछोड गराईदियो । त्यो पनि कहिले र कुनैपनि हालतमा मिलन नहुने गरी । बस यदि अर्को जुनी भन्ने हुँदो रहेछ भने पक्कै पनि उनीहरुको यो अजम्बरी प्रेम पूरा हुनेछ । मान्छे मरेपनि उनीहरुको बीचको माया गाढा थियो । भविष्यको सपनाहरु ताजा थिए तर ति सबलाई यो घटनाले उथलपुथल बनाई दिएको थियो । भविष्यका सपनाहरुलाई चकनाचुर बनाई दियो । हिजोसम्म रातो सिन्दुर, चुरा, पोते र टिकामा सजिएको गरिमा आज विद्यवा भएकी छ ।

 

                    घाटतर्फ लानका लागि गौरवको लासलाई छोपछाप पारी बान्नु थाले । विचरा सफल ‘मेरोबाबालाई किन बानेको भन्या, नबाढन बाबालाई दुख्छ भन्या भन्दै कहिले लासतर्फ झम्टन पुग्थ्यो त कहिले मेरी आमाको यति राम्रो चाचाहरु किन फुटाएको भन्या नफुटाउनु भन्दै कराउँदै थियो । सफललाई बुढिआमाले तानेर आफूसँग राखिन् । सफलको कुरा सुनेर गरिमा छाती पिटी पिटी रुन थालिन ।

 

                   हिन्दु परम्परा अनुसार सम्पूर्ण कामकाजहरु सकाए । आखिर जस्तो भए पनि खान त परिहाल्यो । मरौ भने छोरा सफलको मायाले गरिमालाई मर्नबाट रोकेको थियो । थोरै भएपनि केही गर्न जाँगर चलाएको थियो । गरिमाले पुन त्यहि बस्तुभाउ, खेतीपाती गर्न थालिन् । एक्ली थिइन उनी मात्र एक्ली । गौरवसँग माया साटासाट गर्दै भविष्यका लागि मिठा कल्पना गर्दै गरेका ति उकाली र ओरालीहरुमा आज गरिमा एक्लै आँसुमा डुबेर बेदनाको भारी लिएर आफ्ना अतितका मिठातिता क्षणहरुलाई सम्झि रहेकी थिइन् । बाबा ममिले उनीहरुको प्रेममा हालेको बाधा, प्रेम सफल पार्नका लागि गरेको भाग्ने निर्णय जन्मदिने आमा र बुवाको त्यो सहरसँग बिछोडिएको गौरवको हात समाएर त्यो बिकट गाउँसम्म आइपुगेको छोरा जन्मदाको खुसी र उमङग र गौरवको चोखो माया अनि साथ  र सहयोग सँगै जिउने र सँगै मर्ने बाचा एकअर्काले सोचेका भविष्यका मिठा सपनाहरु गौरव बिरामी पर्दाखेरीको पिडा एकएक घटनाहरु सम्झदै घाँसदाउरा लिएर बनबाट उकालो हिडीरहेकी गरिमाको काधमा नारीले सहन नसक्ने तिखोबाण तुल्य आवाज ठोकिन पुग्यो । गरिमाको आलो घाउमा कसैले कोट्याएर नुन हालिदिएको आभाष भएको थियो । ‘बोक्सी’ शब्द गरिमा कानमा परेको थियो । गाउँका मान्छेहरु भन्दै थिए, ‘त्यो गरिमा त बोक्सी पो रैछ’ आफ्नै लोग्नेलाई खाइ त्यसले विचरा गौरव त त्यसलाई माया नै गथ्र्यो नी तर के गर्नु त्यो गरिमा बोक्सीले खाइहाली । त्यस्ता त मर्ने बेलामा स्याउँस्याउ किरा परेर मर्छन् । बोक्सी शब्दले दिन प्रतिदिन गरिमालाई सताउँदै गयो । मनमा जतिसुकै पिर र चिन्ता भएपनि छोरा सफलको अनुहार हेरेर चित्त बुझाएकी थिइन् । गाउँलेका विभिन्न आरोप प्रत्योरोप र बोक्सी शब्दले गरिमाको कानै खाइसकेको थियो । गाउँका कसैलाई केहि भयो भने गरिमाको कारणले भएको भन्नसम्म बाँकी राखेनन् । बोक्सी भन्ने कुरा संसारमा हुँदैन यो सब अन्धविश्वास हो । जो दुःखी छ जो गरिब र एक्लो छ त्यसैलाई बोक्सी भन्छन् । यो सब थाहा थियो गरिमालाई । सब कुरा थाहा हुँदाहुँदै पनि यि सब कुरा सहन बाध्य थिइन बिचरी । बिद्रोह गरौं त साथमा को थियो र बस काखको सानो छोरा न हो । जसलाई आजसम्म केही थाहा छैन । उ एक्ली भएका कारण थाहा हुँदाहुँदै पनि गाउँलेको हेपाइए सहन बाध्य थिइन् । आखिर सारा गाउँहरु गरिमाको बिद्रोही नै थिए । गौरवले माया गरेर गरिमा नानु भन्ने गथ्र्यो तर आज गौरवको मृत्युसँगै यो मिठो शब्दमा गरिमा बोक्सी थपिएको छ । जसले गरिमालाई आगोले पोले जस्तै भएको छ ।

 

                   एकदिन गरिमा घाँस लिएर फर्कदै थिइन् । आफ्नो छोरा सफलको मुखबाट गरिमाले एउटा शब्द सुनिन् । जुन शब्दले मनमा थोरै रहेका इच्छा सपनाहरु बिलाउन थाल्यो । बाँच्ने आशा बिलाउन थाल्यो । मेरी आमा त बोक्सी हो हो सफल यसै भन्दै साथीभाई माझ थियो । गरिमाले संसार सारा अँध्यारो देखिनन् । झटपट सफललाई तानेर गरिमा घरतर्फ लागिन् । सफल तेरी आम त बोक्सी रे मेरी आमाले भन्या । बेलुका हाम्रो घरमा आउला ल.. नत्र तेरी आमाले तँलाई पनि खान्छे नी बच्चाहरु कराउँदै थिए । गरिमा रुदै घरतर्फ लागिन् । घर पूग्नसाथ गरिमाको अनुहारमा हेर्दै सफल बोल्यो ‘आमा तपाईं त बोक्सी रे नी त । तपाई बोक्सी है आमा’ आफूलाई सम्हाल्न नसकी गरिमाले, ‘तँलाई यो सब भन्न कस्ले सिकायो’ भन्दै सफलको गालामा थप्पड लगाइन् । सफलले आखाभरी आँसु पार्दै बोल्यो ‘गाउँका काकी, ठूलीममीहरु सबैले भनेको, बाबालाई तपाईले खाको रे । अब तपाईले मलाई खानुहुन्छ रे हो आमा । मलाई नखानु ल आमा, मलाई डर लाग्छ ।’ सफल पर पर सर्नलाग्यो । थोरै आशा रहेको छोराको बालमस्तिष्कमा खराब कुराको छाप पारिदिएछन् । सफलको त्यो व्यवहार देखेर गरिमाले मलाई बोक्सी नभन छोरा .. म तलाई खान्न, बाबु म तँलाई माया गर्छु, म केही गर्दिन छोरा, म बोक्सि हैन भन्दै सफललाई अगालो हालिन् । सफल एकदम त्रसित रुपमा थियो । उसले आफ्नी आमाकोसम्म विश्वास लिएको थिएन । यस्तो नराम्रोसित प्रभाव पारेको थियो गाउँलेका वचनले ।

 

                   गरिमा एकदमै चिन्तित थिइन् । उनले केही सोच्नै सकिरहेकी थिइन अब के गर्ने भनेर । अझै छोराको त्यो व्यवहारले त झन गरिमाको मुटु छियाछिया भएको थियो । गाउँ छोडेर जाने कुरा पनि नसोचेकी थिइन तर अन्त गएर मात्र पनि त भएन खै कहाँ जाने आखिर जुनै ठाउँमा पनि दुःखी नारीलाई बोक्सीकै ..... । गरिमाले कसो गर्ने होला भन्ने कुरा सोच्दा सोच्दै रातको साढे बाहृ बजीसकेको थियो । आमा मलाई नखानु ल सफल एक्कासी बोल्यो । गरिमा झस्किन् । विचरा सफल सपनामा पनि बरबराइ रहेको थियो । गरिमा चुपचाप छोराको मुहारमा टोलाएर हेरेर बसीरही । रात त्यतिकै बिताइन् ।

 

                   सफल सधैं गरिमा देखि टाढा हुन चाहान्थ्यो । गरिमालाई देख्या की डराउँथ्यो सफल । सफलको यस्तो व्यवहार देखेर गरिमा दिकदार भैसकेकी थिइन् । उनमा बाँच्ने आशा नै मर्दै गयो । छोराको त्रसित व्यवहारलाई हटाउन लाखौ प्रयास गर्दा पनि सफलको मस्तिष्कको त्यो छाप हट्न सकेन । सफल बेला बेलामा सम्झन्थ्यो साथीभाइसँग खेल्दाखेल्दै एकजना साथीले आफ्नो पाखुरामा रहेको निलो डोब देखाउँदै, ‘हेर त सफल यहाँ तेरी आमाले निलो हुने गरी चुसेकी । तँलाई पनि चुस्छ है’ भन्दै साथीहरु गलल हाँसेका थिए । सफल चुपचाप बसेको थियो । त्यो पल झल्झली सम्झन्थ्यो भित्रभित्र डराउथ्यो सफल आफ्नी आमादेखि ।

 

                   नौ महिना गर्भमा राखेर कति ठूलो आशा र भरोसाका साथ जन्माएकी थिइन गरिमाले छोरा सफललाई । तर आज त्यही छोरा नै आफूसँग डराएर पर भाग्न थाल्दा एउटी आमाले मन सम्हाल्न सकिन । छाडी दिइन गरिमाले त्यो अन्धविश्वासी समाजलाई । आफुले बुझेर पनि अबुझ बनेर हारिन गरिमाले । आफ्नो छोराको मायामा रचेकी सपनाको महल सारा चक्नाचुर गरीदियो । मात्र आफ्ना छोराको लािग आफूले जन्माएको सन्ताको लागि एउटी आमा आफ्नो वली दिदै थिइन् । सफलबाट आफ्नो त्रास हटाउन गरिमाले डोरीको सहायतमा आत्माहत्या गरिन् । गाउँकी बोक्सी मरी गाउँलले त्यसै भने । बिचरा सफल बाबा आमा नै नभएको टुहुरालाई कसले हेरोस बस ऊ एक्लो थियो । मात्र एक्लो । दिनभर गाउँमा भौतारिन्थ्यो । बनको बाटो कहिले खेल्दै कहिले हाँस्दै त कहिले रुदै भौतारिन्थ्यो । एकदिन ‘सहरबाट सिकार खेल्ने इच्छाले गाउँमा आएका एक घनाढ्य साहुले सफललाई प्रश्न ग¥यो ।

साहु ः ‘तिम्रो बाबाको नाम के हो बाबु ? पुन प्रश्न सोध्यो त्यो साहुले ।

सफल ः  ‘मेरो बाबा त मरिसक्नु भयो ।’

साहु ः अनि आमा नि ?

 

                   सफल ः ‘मेरी आमा त बोक्सी, मेरी आमाले त बाबालाई खाको ।’ सफलको जवाफ सुनेर साहुँ झस्कियो सफलको बोक्सी शब्दले । ‘बोक्सी आमा पनि मरीसक्नुभयो । मत एक्लै सफल पुन बोल्यो । सफललाई बोक्सी भन्नु हुँदैन  भन्ने कुरा सम्झाउँदै विभिन्न प्रश्न गर्दै सफलका बारेमा बुझदै त्यो साहुले सफललाई सहरमा लिएर गयो । धनी नै भए पनि साहुमा धनको घमण्ड भने थिएन । सफलको मस्तिष्कमा रहेको बोक्सी भन्ने भ्रम हटाउने प्रयासमा साहु निरन्तर लागिरहे । सफललाई विभिन्न ज्ञानका कुुराहरु सिकाउने र पढ्न समेत पठाउन थाल्यो साहुले । तर पनि खै सफलको बालमस्तिष्कको त्यो छाप हट्न सकने । बोक्सी भन्ने हुँदैन त्यो भनेको अन्धविश्वास हो भन्ने जस्ता कुरा सम्झउँदा सफल भन्थ्यो ‘आ साहुबा जसले जे भने पनि मेरै आमा त बोक्सी त हो नी । आजीत भैसकेको थियो साहु सफल बानीले । हरेक ज्ञानगुनका कुराले समेत थोरै प्रभाव पार्न नसकेको सफलको मस्तिष्कमा साहुबाको एउटा प्रश्नले प्रभाव पा¥यो । साहुबाले एकछिन बेलुका सफललाई आफ्नो साथमा राखेर प्रश्न गर्न थाले । सफल तिम्रो आमा बोक्सी हैन । सफलले उत्तर दियो, ‘हो साहुबा मेरी आमा त बोक्सी । तिम्रो बाबालाई आमाले खानु भाको हैन त ? सफलले अँ हो भन्दै टाउको हल्लायो । तिम्रो आमा पनि मर्नु भयो हैन । साहुबाले मायालु पाराले प्रश्न गरे । सफल ले उत्तर दियो, ‘हो’ । साहुले सफलको टाउको सुमसुमाउदै भन्यो, ‘उसो भए बाबु तिम्रो आमालाई चाहि तिमीले खाको हो ? तिमी पनि बोक्सी हो त ?’ साहुले सफलको निहुरिएको टाउको उठाउदै सोधे । हैन साहु बा म बोक्सो बोक्सी हैन.. मलाई यो भन्या थाहा नै छैन । मैले आमालाई खाको हैन साहु बा हैन । मैले केही गरेको छैन । मैले आमा खाको हैन साहुबा हैन भन्दै हिक्का छोडी साहुबाको अङगालकोमा झयामिदै रुन थाल्यो सफल । त्यहि समय साहुबाको पनि भित्री मन थोरै रसायो । मसिनो आवाजमा रुन्चे स्वरमा सफलले सोध्यो, ‘साहु बा कुरा नी ... हाम्रो घर भन्दा पल्लो घरको ठूलीआमा मर्दा चाहि ठूलो बाबालाई किन बोक्सो बोक्सी केहि नभन्या त ? अनि हाम्रो आमालाइ चाहि बाबा मर्नुहुँुदा किन बोक्सी भन्या त ? केटा मान्छे बोक्सी हुँदैनन् हो साहुबा ?’

 

                  दुखेसोको हासो हास्दै साहुले सम्झाउँदै बुझाउँदै भने सफल बोक्सी भन्ने कुरा हुँदैहुँदैन । यो सब अन्धविश्वास मात्र हो । यो समाजमा जो असक्त र असाहाय छ, जसको साहारा केहि छैन त्यसैलाई बोक्सी भन्छन् । यो समाजमा खुट्टा तान्ने प्रवृति छ बाबु त्यसैले मान्छेहरु भएका नभएका कुरा राखेर मान्छेले मान्छेलाई नै सताउछन् । हेर त विचरी तिम्री आमा आफू निर्दोष भएर पनि बोक्सीको आरोप सहन नसकेर आत्माहत्या गर्नुभयो । तिमीले पनि आमालाई बोक्सी भन्यौ । कसरी सम्हाल्नु त तिम्रो ममीले आफ्नो मन । जन्माएको आफ्नो सन्तानले नै बोक्सी भनेपछि । साहुबाको कुरा सुनेर सफल ले फेर सोध्यो, ‘केटा मान्छेलाई किन बोक्सी नभन्या त ?

 

                 साहुबा ः बाबु केटी मान्छेलाई गाउँ समाजले नै हेला गरेका हुन्छन् त्यसैले सम्पूर्ण दोष केटीमा थुपार्छने । तर पुरुषलाई ठूला ठान्छन् त्यसैले हेप्न सक्दैनन् । महिलाहरु नै नभए महिलाले महिलाको कुरा नबुझेको यो समस्या हट्न सक्दैन सफल ।

 

                 केटा मान्छे पनि त असक्त हुन्छन् नी ? नभएको आरोप लाउने परे पनि केटा मान्छेलाई लगाउनु नि किन केटीलाई नै बोक्सी भन्नुपर्ने होला नि ? सफललाई खुलदुली पोख्यो ।

 

                 यो पुरुष प्रधान समाज साहुबा बोले । खुसीको आवाजमा सफलले भन्यो, ‘साहुबा उसो भए त मेरी आमा त बोक्सी हैन हगी साहुबा ।’ साहुबा मुस्काउँदै हो भनेर टाउको हल्लाए । हो त मेरी आमा बोक्सी हैन । आहा ! मेरी आमा त बोक्सी हैन । सफल खुसीले फुरुङ्गभयो । अनि एकाएक रुन थाल्यो । साहुबा तर... तर मेरी आमा त मरिसक्नुभयो । आमा तपाई बोक्सी हैन हुनुहुन्थयो होला है साहु बा । मैले आमालाई कति सताएछु बोक्सी भनेर । अब के गर्ने साहुबा .. यो सब मलाई थाहा नभएर त हो । अब मैले कसरी आमालाई भेटने साहुबा म पनि मरु .. साहुबा । आमालाई भेटछु भने त म मर्छु साहुबा । म आमालाई भेटेर भन्छु आमा तपाई त बोक्सी हैन आमा । तपाइलाई असक्त र असहाय देखेर बोक्सी भन्ने त्यो समाज नै बोक्सी हो आमा तपाई हैन ।

 

                देश विकासका लागि आएको बजेटलाई बीचतिरै सकेर आफू मोटाउने अनि आफ्नै पेट भर्ने । विकट गाउँमा चेतना नफैलाउने विकास गर्छु भन्दै झुटो बोल्ने नेता, मन्त्री र देशका ठूला पदका भ्रष्टचारीहरु बोक्सी हो आमा तपाई हैन । तपाई त मेरी मायाकी खानी आमा । म यसै भन्न चाहान्छु साहुबा यो सब सुनेर मेरी आमा कति खुसी बन्नुहुन्छ है साहुबा ? मलाई यो सब थाहा छ आज तर मेरी आमा हुनुहुन्न म के गरु साहुबा... ? मेरी आमा .... भन्दै सफल साहुबाको काखमा घोप्टीएर खुब रोयो । सफललाई सान्त्वना दिदै साहुबाले अब राम्ररी पढेर ठूलो मान्छे बनेर ती विकसित गाउँहरुमा गएर जनचेतना फैलाउने अनि साना साना केटाकेटी पढ्ने स्कूल बनाएर अन्धविश्वास हटाउन लागि पहल गर्ने यी सब गर्दा आफ्नी आमा प्रतिको कर्तव्य पूरा हुने कुरा बताए ।

 

               साहुबाका पाउमा आफ्नो शिर राखेर आशिर्वाद माग्दै सफल ले प्रमाम ग¥यो । अब राम्रोसँग पढेर त्यो पिछडिएको साना साना केटाकेटीलाई पढाउने सानो स्कूल निर्माण गर्ने अनि आफू शिक्षक भएर जनचेतना फैलाउने । मुख्य त बोक्सी भन्ने शब्दलाई निराकरण गर्ने । भ्रममा आस्था राख्ने मस्तिष्कमा सत्य कुरा भरिदिने । साहुबाले सफलका शिरमा हात राखेर आर्शिवाद दिए । अनि ती ब.. आखाबाट तप्प आसु चुहाएर खुसीका .... साहुबाको आर्शिवादलाई गर्दै सफलले आँखाबाट  आसुजल वर्षा ग¥यो । सायद तिनै आसुभित्र उसका अथाह उद्देश्यहरु छन् जिन्दगीमा केही गर्ने प्रण छ । सायद उसले कसम पनि खाएको छ अब भुलेर पनि कहिले भन्ने छैन मेरी आमालाई बोक्सी ।

मेरी आमा बोक्सी होइन ।

 

                                                                                समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा