मूलपृष्ठ » Story » छिमेकीको सहयोग

छिमेकीको सहयोग

2011-10-23 सुजाता रेग्मी / लिमिठाना, पर्वत / पर्वत

             केही वर्ष अगाडिको कुरा हो । मेरो गाउँमा मसँग असाध्यै मिल्ने नितु नाम गरेकी साथी बस्थिन । परिवारमा बुवाआमा भाईबहिनी र उनी गरी पाँचजना सदस्य थियो । उनीहरु गरिब थिए । उनीहरुलाई बिहान बेलुकाको छाक टार्न पनि एकदम गाह्रो हुन्थ्यो । उनीहरुको खेतबारी पनि नभएको हुनाले अरुको घरमा गएर काम गरी आएको पैसाले बिहान बेलुकाको छाक टार्थे । गाउँमा काम नपाउँदा कहिलेकाही त भोकै बस्नुपथ्र्यो । यसरी उनीहरुको जीन्दगी कष्टपूर्ण बितिरहेको थियो । मेरो साथी नितु र उनका भाइबहिनीको स्कूल गएर पढ्ने र ठूलो मान्छे बन्ने धोका थियो । गाउँका सबै साथीहरु झोला बोकेर स्कूल गएको देखेर नितुले मसँग भन्थिन । ‘सुजता तिमी त कति भाग्यमानी रइछौं । पढ्न पाइकी छौं । तर हामी भने अभागी रहेछौं । यो संसारमा कोही पनि छैन ।’ नितुको यो कुरा सुनेर मलाई साह्रै दुःख लाग्यो । यो कुरा मैले घरमा गएर बुवासँग भनें । त्यसपछि मेरो बुवाले नितु र उनका भाइबहिनीलाई स्कूल पठाउन सहयोग गर्ने कुरा गर्नुभयो । बुवाको यस्तो विचार सुनेर म एकदम खुसी भएँ । यो खबर सन्ने बितिकै नितुलाई सुनाउन उनको घरमा गएँ । अनि सबै कुरा नितुलाई भनें । यो खबर सुनेपछि नितु खुसी हुँदै भनि धन्यवाद सुजाता । तिमीले गर्दा अब हामीले पढ्न पाउने भयांै । अब हाम्रो भविष्य पनि उज्जल हुनेभयो । तिमीले लगाएको यो गुन मैले कहिल्यै पनि बिर्सन सक्दिन । तिमी त मेरा लागि भगवान नै हौं । त्यसपछि मैले भनें ‘होइन नितु म भगवान होइन, एउटा साथी भएर अर्को साथीलाई सहयोग गरेको मात्र हो । नत्र साथी भएको के काम होइन त ?’ हो भन्दै नितु यो कुरा आफ्ना बुवालाई सुनाउन गइन । नितुको यो कुरा सुनेर उनका बुवा र आमा ज्यादै खुसी हुनुभयो । र, उनीहरुलाई आफूले दुःख कष्ट गरेर जसरी भए पनि स्कूल पठाउने कुरा गर्नुभयो । त्यसपछि नितु र उनका भाइबहिनी स्कूल जान थाले र एकदम ध्यान दिएर पढ्न थाले । दिउसो उनीहरु स्कूल जान्थे र बिहानबेलुका घरको काममा सहयोग गथ्र्यो । उनका बुवाआमाले पनि अरुको घरमा गएर कामगरी त्यसबाट आएको पैसा बचत गर्दथे । गाउँका सबै मानिसले उनीहरुलाई सक्दो सहयोग गथ्र्यो । जसलेगर्दा उनीहरुको जीवन दिनप्रतिदिन सुध्रदै गएको थियो । गाउँलेहरुले सहयोगले गर्दा उनीहरुले एउटा सानो पसल पनि थापेका थिए ।

 

            यसरी नितुको परिवारको स्थिति राम्रो बन्दै गएको थियो । यतिकैमा एक दिनको कुरा हो । नितुको बुवा भैसीलाई घाँस काट्न बासको रुखमा चढ्नु भएछ । दैब संयोग बास काट्न लाग्दा खुट्टो चिप्लिएर उहाँ रुखबाट खस्नु भएछ र उहाँको टाउको फुटेछ । यस्तो खबर सुनेर गाउँले सबै मिलेर नितुको बुवालाई गाउँकै स्वास्थचौकीमा लग्यो । तर उहाँको टाउकोमा गहिरो चोट लागेकोले त्यहाँ उपचार हुन नसक्ने भएकोले काठमाडांैको ठूलो अस्पतालमा लैजानु पर्र्ने  डाक्टरले भन्यो । डाक्टरको यो कुरा सुनेर नितुकी आमाले आत्तिएर रुदै भन्नुभयो अब उहाँलाई कसरी त्यति टाढा उपचार गर्न लाने फेरी आफुसँग प्रशस्त पैसा पनि छैन । छोराछोरी पनि साना छन् । गाउँलेलाई कति सहयोग गर्न भनौ लाज मर्नु भइसक्योे ।’ नितुको आमाको यस्तो कुरा सुनेपछि एकजना दाइले भन्नुभयो ‘के भन्नु भएको त्यस्तो, के हामी तपाईका छिमेकी होइनांै र ! हामीले तपाईलाई यस्तो बेलामा सहयोग गरेनांै भने छिमेकी भएको के काम । हामी सबै मिलेर उहाँलाई उपचार गर्न काठमाडौं लान्छौं । तपाई यसरी नआत्तिनुहोस । उहालाई निको भइहाल्छ नि ।’ त्यसपछि मेरो बुवा लगायत गाउँका अन्य व्यक्तिहरु मिलेर नितुको बुवालाई उपचार गर्न काठमाडांै लग्यो । केही समयपछि उहाँलाई निको भयो । त्यसपछि उहाँ गाउँ आउनु भयो र सबै गाउँलेहरुलाई आफ्नो जीवन बचाई दिएकोमा धन्यवाद दिनुभयो र गाउँलेहरुको यो गुन कहिल्यै नबिर्सने गुण लगाउनु भयो । यसरी हामी सबै गाउँलेहरुको सहयोगले नितुको गरिब परिवारको उद्धार भयो । त्यसरी नै सबै गाउँका मानिसहरुले आफ्नो समाजमा भएका गरिबहरुप्रति सहयोगगरी उनीहरुको जीवनस्तर माथि उठाउन कोशिस गर्नुपर्छ  तब मात्र एक समृद्ध निमार्ण हुन्छ ।

 

                                                                                        समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा