मूलपृष्ठ » Story » मेरो कथा

मेरो कथा

2011-10-23 सुमित्रा शर्मा / भवानी उमावि, खानीगाउँ–२, पर्वत / पर्वत

          प्राकृतिक रुपमा सुन्दर हराभरा एउटा गाउँको गरिब परिवारमा ...  वि.स. २०५० साउन २९ गते जन्मिए । सायद लाग्छ त्यो दिन नै यस्तो थियो होला पानी पर्नको लागि घाम नै बादलले छेकिदिएको आकाशमा पनि काला बादलहरु चारैतिर मडारिरहेका र प्रकृति नै ज्यादै एकान्तमय भएको तर साउन कै एकान्तवनको कुन्जनबाट आफ्नो कोकोल तर विरहको भाकामा एकै शब्दमा को हो ? को हो ? भनीरहेको थियो । यसरी यो उराठ लाग्दो दिनमा म जन्मिएर जब म पाँच बर्षकी भएँ मलाई कक्षा १ मा भर्ना गरि दिनु भयो । मैले लगातार कक्षा १, २, ३ र ४ पास गर्दै कक्षा ५ मा पुगेँ । त्यस समयसम्म म कक्षामा दोस्रो हुन्थेँ ।

 

         कक्षा ५ को पढाई चलिरहकै समयमा एक दिनको कुरा हो । फागुन महिना अन्तिम तिर थियो ।  गर्मी पनि बढीरहको थियो । बिरुवाहरुले नयाँ पालुवा फेर्नेको लागि आफ्ना पुराना पातकहरु जमिनमाथि खसाली रहेका थिए । चारैतिर वातावरणको सुनसानमय थियो । म उठेर हातमुख धुन लागि रहेकी थिएँ । मेरो आमा अघिल्लो दिनको योजना अनुसार नै तयार हुँदैहुनुहुन्थ्यो । जब बिहानको घडिमा ४ः३० बजेको थियो । चिया पिउदैँ त्यही समयमा मरे आमा कोठाबाट बाहिर निस्केर भन्नु भयो । ‘सुमि राम्रोसँग बस्नु है भाइबहिनीको राम्रो ख्याल गर्नु है, म मामा घरबाट २÷४ गते तिर घर फर्कन्छु आमाले भन्नु भयो ।’ अनि मैले रुदै भनेँ, ‘आमा हामीलाई यस्तो एकान्त ठाउँ र गरिब झुपडीमा एक्लै छोडेर काही पनि नजानु, भाइबहिनी साझ परेपछि आमा–आमा भनेर रुन्छन् फेरी म स्कूल जानुपर्छ ।’ त्यसपछि आमाले भन्नु भयो, ‘नानु म तिमी र भाइबहिनीलाई राम्रा राम्रा लुगा र मिठा–मिठा खाने कुरा ल्याइदिन्छु नरोइकन बस्नु, राम्रोसँग पढ्नु है ।’ म जति रोएँ पनि मेरो केही सिप लागेन आमाले म र भाइबहिनी मात्रलाई छोडेर मामा घर जान्छु भनेर जानु भयो । त्यस पछि म मनभरी बिछोडको पिडालाई लुकाउँदै भाइबहिनीलाई सम्झाइ बुझाई गर्न तर्फ लागेँ । भनिन्छ ‘उडेको बतास, बगेको नदीलाई कसैले पनि रोक्न सकिदैन’ भने झैं हामीलाई बिदाई हातहरु हल्लाउदै आमा आफ्नो बाटोतिर लाग्नु भयो । आमा जानु भएपछि म र भाइबहिनी मात्र झोपडी घरमा बस्न बाध्य भयौं । दुःख र पिडालाई हृदयमा राख्दै आँखाबाट आसु बगाउँदै म र भाइबहिनीले आमालाई बिदाइ ग¥यौं । त्यस समयमा हाम्रो बाबा घरमा हुनुहुन्थेन । बाबा कामको सिलसिलामा सहरतिर बस्नुहुन्थ्यो ।

 

        त्यो समयमा घरमा एउटा भैंसी थियो । बिहान बेलुकय त्यो भैसीको स्याहार सुसार गर्नुपथ्र्यो । बिहान उठने बितिक्कै भाइबहिनीको लागि नास्ता लगायत खाना बनाउने, भैसीलाई घाँस काटने स्याहार सुसार गर्ने र स्कूल जाने मेरो दिनचार्य बनिसकेको थियो । बाबा पनि कहिले आउनु भएन । म सधैं साँझ बिहान भाइबहिनी र भैसी कै स्याहारसुसारमा व्यस्त हुन्थेँ । त्यसैले मैले मेरो पढाईलाई निरन्तरता दिन नसक्दा कक्षा ६ मा जाँदा मेरो रोल्नं. दुईबाट बाइस पुग्यो । आमाले अर्को महिना आउँछु भन्नु भएको थियो । तर धेरै दिन बित्दा पनि घर फर्किनु भएन । बाटोमा कोही देख्दा पनि आमाको झल्को झलझली आइरन्थ्यो अनि आसु नै आसु हुन्थ्यो । सानो भाईले, ‘दिदी आमा कहिले आउनु हुन्छ’ भनेर सोध्दाखेरी त हृदय नै रोएर आउथ्यो । अनि म भाइलाई जबाफ दिन्थे, ‘भोली पर्सी आउनु हुन्छ बाबु तिमीलाई राम्रो नाना ल्याइदिनु हुन्छ ।’ यसैगरी हाम्रा दुःखका दिनहरु बित्दै गए । आमा आउने प्रतिक्षाका घडि लम्बीदै गयो । तर बाटो हेर्ने आँखारुपीहरु अस्ताउदै गयो । यसरी नै एक वर्ष नै बित्यो ।

 

       एक दिनको कुरा हो । माघको महिना थियो । कहाली लाग्दो जाडो । वातावरण पनि कस्तो गुम्म परेको देखिन्थ्यो । वातावरण नै गुम्म परेको दिन थियो । मेरो बाबाले पनि सानीआमा लिएर घरमा आउनु भयो । हुनत मेरो आमा मामाघर जान्छु भनेर जानु भएको थियो । तर आजको दिनसम्म फर्केर आउनु भएको छैन । मामा घर चितवनमा थियो ।

 

     सानीआमा आएको केही समयसम्म हामीलाई धेरै माया गर्नु भयो । राम्रा–राम्रा लुगा कपडा ल्याइदिनु हुन्थ्यो । मिठा–मिठा खानेकुरा खाने कुरा खान पाउँदा त आमा भनेकये नै यही हो जस्तो लाग्न थाल्थ्यो । तर अहिले हाल म कक्षा १२ मा पढछु । मेरो भाइ कक्षा ५ मा पढछ । बहिनीहरु ५, ६ र ९ मा पढछन् । मेरो सानी आमाले हाम्रो पढाईप्रति कुनै पनि निगरानी गर्नुहुन्नु । उहाँले एउटा छोरी जन्माउनु भएको छ । जति आफ्नो छोरीको बारेमा सोच्नु हुन्छ त्यति हाम्रो बारेमा सोच्नु हुन्न । केही कुराको जब हामीलाई आवश्यकता पर्दछ तब उहाँ झर्केर बोल्नु हुन्छ । त्यसैले म त केही बोल्न पनि सक्दिन केबल रुन बाहेक अरु केही बिकल्प छैन । तर म चाहान्छु धेरै पढेर ठूलो मान्छे बन्ने चाहाना छ तर मेरो चाहाना कसरी गर्नसक्छु होला भनेर सोची हरन्छु । यो मेरो चाहाना मात्र हो सम्भव छैन । किनकी मसँग केही बिकल्पै छैन । र मेरो भाइ बहिनीहरुलाई पनि पढाएर ठूलो मान्छे बनाउन चाहान्छु तर केगर्नु मुखले भनेर मात्र हुँदैन । हामीलाई समाज, देश र व्यक्तिले केही गर्न सहयोग गरोस् ।

 

     एक दिनको कुरा हो । असार महिनाको थियो । बाहिर झमझम पानी परीरहेको थियो । सबैजना खाना खाई सकेर आ–आफ्नो काममा लागि सकेका थिए । तर मैले खाना खाएकी थिएन खाना खान बाँकी थिएँ । सानो बहिनीले खाना खान बोलाइन । त्यसबेला सानीआमाले भन्नु भयो, ‘काम गर्न नसक्ने मान्छेले त खाना पनि के खानु ।’ सानीआमाको त्यो वचन सुन्दा मलाई ज्यादै नराम्रो लाग्यो । अनि म कोठामा बसेर रुन थालेँ । यस्ता अनेक समस्या झेल्दै बोझ सहदै सहदै आज म यहाँसम्म आइपुगेँ । तर म मेरा लगायत मेरा भाइ बहिनीको भविष्य सोचेर साहृै दुःखी हुन्छु कहिले सुखी हुन्छु, कहिले एकान्तमा बसेर रुन्छु, कहिले यीनै बिषयमा गजल, कविता, कथा लेख्न थाल्छु । अनि ओहो म किन रोएकी हुँ मलाई ईश्वरले एउटा रम्रो शरीर र स्वस्थ् दिमाख दिनु भएको छ । म मेरो यदि दिमाखलाई राम्रोसँग प्रयोग गर्छु, धेरै पढछु कडा परिश्रम गर्छु र ठूलो मानव बनि भाइ बहिनीलाई धेरै पढाउछु राम्रा बनाउँछु समाजको र राष्ट्रको लागि नै एउटा ठूलो र राम्रो मान्छे बन्छु भनेर सोचीकन आफ्नो दुःखलाई शान्त पार्ने पर्यत्न गर्छु ।

 

    तर अर्कोतिर म एक नेपाली महिला हुँ । यहाँ नेपाली महिला माथि गरिने दमन शोषण अत्याचार बारेमा हामी सबै नेपालहीहरुलाई थाहा नै छ त्यसै समाजमा म पनि हुर्किराखेको छु । म चाहानछु परिवार, समाज र राष्ट्रमा बासोबास गर्ने सम्पूर्ण व्यक्तिको मन मस्कीष्कबाट नेपाली महिलालाई हेरीने दृष्टिकोण असल होस भनेर यसको लागि म आफु नै केही गर्नु छ तर म कसरी यो सब कुरालाई सम्भव बनाउने यदि मैले एउटा राम्रो अवसर पाएर राम्रो गर्ने अवसर प्राप्त गरेमा म आफ्ना क्षमतालाई प्रस्फुटन गर्थेँ । म पनि दुनियाँ जस्तै धनि मानिस बन्थेँ र यस्ता बालबच्चालाई सघाउँथे कि जसले सानो उमेरमा नै आफ्नो आमालाई गुमाएर मातृत्व प्रेमबाट बञ्चितछन् । जो राम्रोसँग पढ्न चाहान्छन् र परिवार, समाज र राष्ट्रमा नै केही गर्न सक्छु भन्ने आँट बोकेकय पनि एक दिन राम्रो मान्छे बन्ने छु र यो सम्पूर्ण कार्य गरेरै छाड्ने छु ।

                                                                                  समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा